स्वाइन फ्लूका कारण राष्ट्रिय योजना आयोगका सहसचिव भवकृष्ण भट्टराईको निधन भएको छ । स्वाइन फ्लूका कारण ज्यान गुमाउने भट्टराई पहिलो नेपाली हुनुहुन्छ ।
अमेरिका भ्रमणमा जाादा विरामी परेका भट्टराईको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । ‘भट्टराई एकसाताअघि भर्ना हुनु भएको थियो । उहाामा स्वाइन फ्लूको जिवाणु इन्फ्लूइन्जा ए पोजेटिभ भेटिएको थियो’- अस्पतालका प्रवक्ता आरपी मैनालीले अनलाइनखबरलाई भने ।
स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भट्टराईको उपचारका लागि स्वाइन फ्लूको उपचारमा प्रयोग हुने ‘टामी फ्लू ‘ नामक औषधी प्रयोग गरिएको बताए । भट्टराईको निधन भएका खबर आएको भन्दै उनले स्वाइन फ्लू वा अरु कुनै कारणले निधन भएको परिक्षणपछि मात्र भन्न सकिने बताए ।
नेपालमा पहिलो पटक २०६६ आसर दोस्रो साता स्वाइन फ्लू भेटिएको थियो । स्वाइन फ्लू सुरुवा रोग हो ।
No comments:
Post a Comment