बैद्यलाई ‘आतंककारी’ घोषणा गर्ने प्रचण्ड योजनामा चीन बाधक ? - मिथला दर्सन !
Headlines News :
Home » » बैद्यलाई ‘आतंककारी’ घोषणा गर्ने प्रचण्ड योजनामा चीन बाधक ?

बैद्यलाई ‘आतंककारी’ घोषणा गर्ने प्रचण्ड योजनामा चीन बाधक ?

Written By Unknown on Tuesday, 7 January 2014 | 19:12

काठमाण्डौ चुनावकै मुखमा प्रचण्ड-बाबुरामलाई लक्षित गरेर मोहन बैद्यको समूहले बम बिष्फोट गराउनेदेखि आक्रमण गर्नेसम्मका काम गरे । आफुलाई मार्न खोजेको भन्दै प्रचण्डले हारगुहार पनि गरे ।
तर, मोहन बैद्यले आफ्नो समूह प्रचण्ड बाबुरामप्रति किन यतिसाह्रो आक्रामक हुनुपर्‍यो भनी हालै खुलासा गरेका छन् ।
‘चीनले अडान लिएर नरोकेको भए हामीलाई आतंककारी घोषणा गरिसक्थे’ बैद्यले बिद्यार्थीहरुको भेलामा उपस्थीत कार्यकर्तालाई स्तब्ध पार्दै खुलासा गरे -’चिनियाँ प्रतिनिधिसँग लगातारको भेटघाट र कुराकानीबाट यो कुरा थाहा पाएपछि हामी प्रचण्ड-बाबुरामप्रति आक्रामक भएका हौं ।’
एमाओवादी र प्रचण्डहरुले हार्दा हामीले खुसीयाली मनाउँदै बसेर हुन्छ ?भन्दै कार्यकर्ताले किरणलाई सोधेका थिए ।
किरणले ‘बर्गशत्रु हार्दा खुसी हुनुपर्छ, खुसीयाली मनाउनुपर्छ’ भन्दै गतसाता ललितपुरको कुपण्डोलमा बिद्यार्थी फ्याक्सनको भेलामा भने-’हिजो सँगै भएपनि प्रचण्ड-बाबुराम समूह नेपाली क्रान्तिको सवैभन्दा गद्दार, धोकेबाज र प्रधान सत्रुको रुपमा रुपान्तरण भएको छ । उनीहरु अमेरिकी र भारतीयको योजनामा हामीलाई आतंककारी घोषणा गर्ने तयारीमा थिए । हारेर मात्रै हो, तिनले जितेको भए अहिले हामी यसरी भेला भएर बोल्न पाउने अबस्थामा हुन्थेनौं ।’
प्रचण्ड-बाबुरामहरुले युरोपेलीसँगको भेटमा यस्तो योजनाको खुलासा गरेको र चिनियाँमार्फत् आफुलाई जानकारी आएको उनले बताए । एमाओवादीले जितेको भए चुनावमा हिंसा गरेको अभियोगमा आफुहरुलाई आतंककारी घोषणा गरेर जाने भित्रि योजना रहेको समेत बैद्यले दावी गरेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
एमाओवादीले जितेको भए फासीबादीमा रुपान्तर भई आफुहरुलाई दमन गर्थे भन्दै उनले उनीहरु बर्गदुस्मन भएकाले उनीहरुको हारमा रुवावासी गर्ने हैन खुसीयाली मनाउन बैद्यले कार्यकर्तालाई निर्देशन दिएका थिए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger