बलात्कारका अधिकांश घटना विपन्न परिवारमा - मिथला दर्सन !
Headlines News :
Home » » बलात्कारका अधिकांश घटना विपन्न परिवारमा

बलात्कारका अधिकांश घटना विपन्न परिवारमा

Written By Unknown on Tuesday, 7 January 2014 | 19:11

काठमाडौं । बलात्कार भएर उपचारमा आउनेमा ८० प्रतिशत विपन्न परिवारका महिला तथा बालिका हुने गरेको पाइएको छ ।
परोपकार प्रसूतिगृहस्थित ‘वन स्टेज क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (अस्पतालमा आधारिक महिला हिंसाविरुद्धको केन्द्र)ले यस्तो तथ्यांक दिएको हो । सरकारले २०६९ मा प्रसूतिगृहसहित राजधानीबाहिरका विभिन्न जिल्लामा यस्ता केन्द्र स्थापना गरेको छ । घरेलु हिंसा तथा बलात्कारजन्य हिंसापीडित महिला, बालिकाहरुलाई तत्काल आवश्यक उपचारसहित परामर्श दिने र आवश्यकता अनुसार पुर्नस्थापना गर्ने काम केन्द्रले गर्छ ।
केन्द्र स्थापनायता डेढ वर्षभित्र आएका पीडितमध्ये धेरै विपन्न परिवारको भेटिएका नागरिक दैनिकमा खबर छ । २०६९ यता १ सय ५८ जना पीडित केन्द्रमा उपचारका लागि आइसकेका छन् । अस्पतालमा स्थापित केन्द्रमा उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंबाट पीडित आउने गरेका छन् ।
बलात्कृत हुनेमा मजदुरी गर्ने, अरुको घरमा काम गर्न जाने अभिभावकका स्कूल जाने नानीहरु, रेस्टुराँ, डान्सबारमा काम गर्ने महिला हुने गरेको केन्द्रकी सिनियर नर्स तथा परामर्शदाता सुकु लामाले बताई । ‘अभिभावक घरमा नभएको मौका छोपेर बालिका बलात्कार हुने गरेको छ,’ परामर्शदाता लामाले भनिन्, ‘अभिभावक व्यस्त भएका कारण नानीहरुलाई विभिन्न प्रलोभनमा फसाएर पनि बलात्कार गर्ने गरेको देखिएको छ ।’
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger