पूर्वआइजी रविन्द्रप्रताप सभासद छाड्न तयार प्रचण्ड, बाबुराम र नारायणकाजीले मिलेर सभासद बनाएको खुलासा - मिथला दर्सन !
Headlines News :
Home » » पूर्वआइजी रविन्द्रप्रताप सभासद छाड्न तयार प्रचण्ड, बाबुराम र नारायणकाजीले मिलेर सभासद बनाएको खुलासा

पूर्वआइजी रविन्द्रप्रताप सभासद छाड्न तयार प्रचण्ड, बाबुराम र नारायणकाजीले मिलेर सभासद बनाएको खुलासा

Written By Unknown on Friday, 10 January 2014 | 15:31

एकीकृत नेकपा माओवादीले पूर्वप्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह पार्टीकै प्रस्तावमा सभासद बनेको बताएको छ ।
rabindra-pratap-shah‘जनयुद्ध दमन गर्ने’ मध्येका एक भन्दै शाहलाई सभासद बनाएकोमा पार्टी नेता कार्यकर्ताबाटै चर्को विरोध भइरहेका बेला माथिल्लो नेतृत्वले भने पार्टी प्रस्तावमा नै शाह समानुपातिकको बन्दसूचीमा बस्न तयार भएको बताएको हो । ‘हामीले नै कन्भिन्स गरेर सूचीमा राखेपछि अहिले सभासद नबनाउँदा त अपमान गरेको जस्तो हुन्छ’ प्रचण्डनिकटका एक नेताले अनलाइनखबरसँग भने ।
शाह जनयुद्धमा नलागेका बरु दमन गर्न भूमिका खेलेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा उनले भने-’के कांग्रेसले रामेश्वर खनाल र एमालेले भूवन केसीलाई गरेजस्तो अपमान गर्ने त ? त्यस्तो हो भने शाहलाई ३ सय ३५ मा राख्दा नै विरोध गर्नुपर्‍यो नि ?
नेताहरुका अनुसार पार्टी अध्यक्ष प्रचण्डसँगै डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताहरुको आग्रहपछि पूर्वआइजीपी शाह एमाओवादीको समानुपातिक सूचीमा बस्न तयार भएका थिए ।
शाह र वली दुई मिथक
यद्यपि एमाओवादी नेता कार्यकर्ताहरुले भने रविन्द्रप्रताप शाह र समानुपातिकको सूचीमा रहेर सभासदमा नपरेका हेमन्त प्रकाश वलीलाई मिथक बनाएर बहस शुरु गरेका छन् । सहिद परिवार, जनयुद्धमा त्याग गरेका र क्षमतासमेृत भएकालाई सभासद बनाउने पार्टीको मापदण्ड पुगेका वलीलाई छाडेर पार्टीले सदस्यता नै नलिएका तथा राज्यबाट लाभको पदमा बसेका शाहलाई सभासद बनाएको भन्दै विशेष गरी राप्तीका कार्यकर्ताले वली किन परेनन्, शाह किन परे भन्ने प्रश्न उठाएका छन् ।
शाह भन्छन्- नेताले आग्रह गरे सभासद छाड्छु
यसैवीच पूर्वआएजी शाहले समेत आफ्नो इच्छाले नभई एमाओवादी नेताहरुले कन्भिन्स गरेर आफूलाई सभासद भएको बताएका छन् । ‘मैले पैसा खर्च गरेँ भन्नु गलत आरोप हो । मसँग कुरा गर्दा तीनैजना नेता हुनुहुन्थ्यो । उहाँहरुले कन्भिन्स गर्नुभयो’ शाहले भनेका छन्-’अहिले ५४ जनामा पर्दा विरोध गर्नुभन्दा ३ सय ३५ को सूची बनाउन्दै विरोध गर्नुपथ्र्यो । सायद मेरो नाम काटिन्थ्यो होला । मलाई पनि आनन्द हुन्थ्यो ।’ शाहले ५४ जना सभासदको सूचीमा परेपछि भएको नकारात्मक प्रचारले आफ्नो छविमा धक्का लागेको गुनासोसमेत गरेका छन् ।
उनले आप\mनो कारणले पार्टीलाई अफ्ठ्यारो पर्‍यो छाडिदिनुस् भनेर नेताहरुले भनेको खण्डमा आफू सभासद छाड्न तयार रहेको बताएका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger