सुशील कोइरालाले दुबै पद नछाड्ने संकेत 'एक व्यक्ति एक पद' असान्दर्भिक- ढुंगाना - मिथला दर्सन !
Headlines News :
Home » » सुशील कोइरालाले दुबै पद नछाड्ने संकेत 'एक व्यक्ति एक पद' असान्दर्भिक- ढुंगाना

सुशील कोइरालाले दुबै पद नछाड्ने संकेत 'एक व्यक्ति एक पद' असान्दर्भिक- ढुंगाना

Written By Unknown on Thursday, 9 January 2014 | 16:24

नेपाली काँग्रेसभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विवाद अझै केही लम्बिने देखिएको छ । शीर्ष नेताहरुवीच नै संसदीय दलको नेता चयन, प्रधानमन्त्रीको उम्मेदवार र पार्टी कसले चलाउने भन्नेविषयमा फरक-फरक मत आएको छ । जसका कारण पार्टी सभापति सुशील कोइरालामाथि थप दबाब परेको छ ।
केही नेताहरुले सार्वजनिकरुपमै एक व्यक्ति एक पदको नीति अनुसार एउटा प्रधानमन्त्री बन्ने, एकजना संसदीय दलका नेता बन्ने र एक जनाले पार्टी चलाउने गरी जिम्मेदवारी बाँडफाँड गर्नुपर्ने बताइरहेका छन् । ‘एक व्यक्ति एक पद’को फर्मूला लागू गर्न बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सहमत भए पनि सभापति सुशील कोइरालाले भने अस्वीकार गर्दै आउनुभएको छ ।
केही दिनयता शीर्ष नेतात्रयवीच भइरहेको छलफलमा पनि संसदीय दलको नेताका विषयमा गम्भीर रुपमा छलफल भइरहेको भए पनि यस विषयमा सहमति जुट्न सकेको छैन ।
सभापति कोइरालाले आफ्नो नेतृत्वमा पार्टी चुनाववाट ठूलो भएकाले आफूलाई सहयोग गर्न आग्रह गर्दै आउनुभएको छ । तर, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पनि आआफूले नेतृत्व गर्न पाउनुपर्ने भन्दै कोइरालालाई आफूहरुलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् ।
उपसभापति रामचन्द्र पौडेलले कोइराला पार्टीको मूख्य भूमिकामा रहेको र नेता देउवा तीन-तीनपटक प्रधानमन्त्री भइसकेकाले आफूलाई एक पटक प्रधानमन्त्री बनाउन सहयोग गर्न भनिरहेका छन् । पौडेलका कुरालाई नेता देउवाले सकारात्मक भने पनि सभापतिले भने एकपटक आफूलाई पालो दिन भनेका छन् ।
नेता देउवाले आफू प्रधानमन्त्रीका लागि आकांक्षी नभएको तर आफूले पार्टी वा संसदीय दलको नेता नपाउने भए प्रधानमन्त्री भएपनि बन्न पाउनुपर्ने बताइरहेका छन् । पौडेल र देउवाको यस्तो अडानपछि कोइराला केही झस्किएका छन् । सभापति कोइरालानिकट आनन्द ढुंगानाले ‘एक व्यक्ति एक पद’को फर्मूला सभापतिको हकमा लागू नहुने बताए । उनले भने,’अहिलेको अवस्थामा सभापतिले नै सरकारको नेतृत्व गर्ने हो यसवारेमा विवाद गर्नु हुँदैन ।’
तर, देउवानिकट नेताहरु भने ‘एक व्यक्ति एक पद’को फूर्मला अबलम्बन गरेर अघि बढ्नुपर्ने वताउँछन् । देउवा पक्षका एक नेताले भने,’सभापति र सरकारको नेतृत्व एउटै व्यक्तिले गर्नु उपयुक्त हुँदैन ।’ देउवा पक्षका नेताका अनुसार सभापति कोइरालाले सरकारको नेतृत्व गर्ने भए देउवालाई संसदीय दलको नेता वा कार्यवहाक सभापतिको जिम्मेवारी लिखित रुपमै दिनुप उपयुक्त हुन्छ ।
‘एक व्यक्ति एक पद’को फूर्मला कार्यान्वयन कठिन
पार्टीभित्रको विवाद मिलाउन र पार्टीलाई सन्तुलित बनाउन एक व्यक्ति एक पदको फर्मूला उपयुक्त हो । शीर्ष नेतात्रयले नै प्रधानमन्त्रीका लागि दावी गरिरहेका समयमा पार्टी चलाउने जिम्मेवारी एक नेतालाई दिने, एकलाई संसदीय दलको नेता बनाउने र एक नेतालाई प्रधानमन्त्री बनाउने गरी जिम्मेवारी बाँडफाँड नै उपयुक्त विधि भएको कतिपय नेताहरुको भनाइ छ । तर, नजिकिँदै आएको पार्टीको महाधिवेशनका कारण पनि सभापति कोइरालाले आफू प्रधानमन्त्री हुँदा समेत पार्टीको जिम्मेवारी लिखितरुपमै अरुलाई दिने पक्षमा छैनन् । उनी सकभर पार्टी सभापति र प्रधानमन्त्री हुने दाउमा छन् भने त्यसलाई रोक्ने पक्षमा नेता देउवा लागेका छन् ।
प्रधानमन्त्रीका आकांक्षी उपसभापति रामचन्द्र पौडेल भने सहमतिमै आफूलाई सरकारको नेतृत्व दिनुपर्ने बताइरहेका छन् । पौडेलले यदि सभापति प्रधानमन्त्री भएको खण्डमा आफूले कार्यवाहक सभापति कुनै हालतमा नछोड्ने पक्षमा उभिएका छन् । र, नेता देउवा भने पार्टी सभापति प्रधानमन्त्री हुने भए संसदीय दलको नेताभन्दा पार्टीको कार्यवाहक सभापति भएर पार्टीकै काममा लाग्ने बताइरहेका छन् ।
कोइरालानिकट नेता आनन्द ढुंगाना पार्टीको विधानमै नभएको एक व्यक्ति एक पदको फर्मूला सान्दर्भिक नभएको बताउँछन् । ढुंगानाले भन्छन्, ‘यो फर्मूलाको औचित्य यतिवेला छैन । पार्टी सभापति नै चुनाव जितेर आएको अवस्थामा सभापति नै प्रधानमन्त्री बन्ने हो । यसमा विवाद गर्नु आवश्यक छैन ।’ तर, देउवानिकट नेता भने शीर्ष नेतात्रयको यो रस्साकस्सीका कारण संसदीय दलको नेताको चुनाव नै हुने तर्क गर्छन् ।
उनले भने, ‘पार्टी सभापतिले दुबैजना देउवा र पौडेललाई मनाउन नसक्ने हो भने संसदीय दलको चुनाव नै हुनेछ । त्यसपछि जसले संसदीय दलको नेतामा जीत हासिल गर्छ त्यो नै प्रधानमन्त्री हुन्छ ।’ कोइराला प्रधानमन्त्री भएर देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन पार्टीको विधान नै संशोधन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पाउन नसक्ने कोइराला निकटका नेताहरुको भनाइ छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger