स्याङ्जाको पुतलीबजार नगरपालिका–८ सतौं टोड्केका एक प्रेमी जोडीले आत्माहत्या गरेका छन् ।
१८ वर्षीय नवराज ढकाल र सोही स्थानकी १७ वर्षीया सृष्टि पौडेलले अलग अलग आत्महत्या गरेका हुन् । १८ वर्षीय नवराज ढकालले मंगलबार राति आत्महत्या गरेका थिए भने उनकी प्रेमिका पौडेलले बुधबार दिउँसो घरैमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।
उनीहरुबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ । ‘बाबा, ममी मैले तपाईहरुलाई पीडा बाहेक केही दिन सकिन, उसले मलाई बारम्बार तिमी बिना म बाँच्न सक्दिन भन्थ्यो, उसैले आत्महत्या गरेपछि म को सँग बाँच्ने ? मेरो बाच्ने आधार नै नभएर म पनि यस्तो अवस्था निम्त्याउन बाध्य भएँ, सरी बाबा ममी मैले तपाईलाई ठूलो पिडा दिए ।’ पौडेलले आत्महत्या गर्नुअघि लेखेका शव्द हुन् ।
युवतीले आत्महत्या गर्नुको कारण खुलाइए पनि युवकले आत्महत्या गर्नुको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी निरीक्षक हरि बरुवालले बताए ।

No comments:
Post a Comment