दोषी राष्ट्रसेवक र राजनीतिज्ञमाथि कडा कारबाही–कार्की - मिथला दर्सन !
Headlines News :
Home » » दोषी राष्ट्रसेवक र राजनीतिज्ञमाथि कडा कारबाही–कार्की

दोषी राष्ट्रसेवक र राजनीतिज्ञमाथि कडा कारबाही–कार्की

Written By Unknown on Wednesday, 8 January 2014 | 19:19

हेटौँडा, पुस २४ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विकास आयोजनासँग सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी र गुण्डाहरुलाई राजनीतिक  संरक्षण नदिइए भ्रष्टाचार नियन्त्रण हुने बताउनुभएको छ ।
    प्रमुख आयुक्त कार्कीले आयोगका मध्यामाञ्चल क्षेत्रीय कार्यालयको आज हेटौँडामा उद्घाटन गर्र्दै स्थानीय जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना र सार्वजनिक चासोका विषयमा स्थानीय प्रशासन र प्रहरीले नियमित अनुगमन गर्नुपर्ने सुझाव पनि दिनुभयो ।
    उहाँले आठ जिल्लामा नाम मात्रका झोले विद्यालय सञ्चालन भइआएको बारे जनगुनासो बढेकाले आयोगले अनुसन्धान टोली खटाएर अनुसन्धान कार्य अघि बढाएको जानकारी दिनुभयो ।
    प्रमुख आयुक्त कार्कीले निजी क्षेत्र र सरकारी क्षेत्रबाट सञ्चालित विभिन्न विकास आयोजनामा अनियमितता गरिएको पाइए त्यस्ता राष्ट्रसेवक र राजनीतिज्ञमाथि कडा कारबाही गरिने बताउनुभयो ।
    सो अवसरमा आयोगका मध्यमाञ्चल क्षेत्रीय प्रमुख विश्वनाथ ढकालले अहिले मध्यमाञ्चलको १६ जिल्लामा अनियमितताबारे  छानबिन गर्न टोली खटाइएको र करिब एक हजार उजुरी दर्ता भएकामा ७० वटा फछ्यौट भइसकेको बताउनुभयो । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger