नेकपा (एमाले ) का सचिव शङ्कर पोखरेलले मुलुकमा लोकतान्त्रिक विधिको संस्थागत विकासका लागि राष्ट्रपतिको निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।
मुलुकको सङ्क्रमणकालिन अवस्थामा राष्ट्रपति डा.रामबरण यादवको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उहाँले लोकतान्त्रिक विधिको पालना गर्न एमाले राष्ट्रपतिको निर्वाचन चाहेको स्पष्ट पार्नुभयो ।
प्र्रेस चौतारी नेपालद्धारा बुधबार यहाँ आयोजित “ जनअपेक्षा र राजनीतिक दलहरुको भूमिका ” विषयक अन्तरक्रियामा सचिव पोखरेलले राजनीतिक दलहरुबीच सहमति भएमा बर्तमान राष्ट्रपतिको पनि निरन्तरता हुन सक्ने समेत बतउनुभयो ।
“संविधानसभाको बैठक कसले बोलाउनुपर्छ भन्ने विषय राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षबीचको विबादको विषय नै होइन , यो विषयको टुङ्गो दलहरुले लोकतान्त्रिक विधिद्धारा लगाउनुपर्छ ” भन्दै एमाले सचिव पोखरेलले स्पष्ट पार्नुभयो , “ एमाले नेपाली काँग्रेसको सहयोगी नभई सत्ता साझेदार हो , मुलुकमा शान्ति र संविधान निर्माणका साथै निकासको हरेक विषयमा एमाले नेपाली काँग्रेससंग सहकार्य गर्न तयार छ ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले नयाँ संविधान निर्माण नभएसम्म राष्ट्रपतिको निर्वाचन हुन नसक्ने बताउँदै नेपाली काँग्रेसले प्रधानमन्त्रीको पदसंग राष्ट्रपतिको निर्वाचन नसाट्ने स्पष्ट पार्नुभयो ।
मुलुकमा लोकतान्त्रिक संविधान निर्माणका लागि नेपाली काँग्रेस र एमालेबीच सहकार्य आवश्यक रहेको बताउँदै सत्ताका लागि नेपाली काँग्रेस र एमालेबीचको खिंचातानी आम जनताका लागि सह्य नहुने धारणा व्यक्त गर्नुभयो ।
विगतमा पनि संविधानसभाको बैठक राष्ट्राध्यक्षद्धारा नै बोलाइएको नजिर स्थापित भइसकेको चर्चा गर्दै नेकाँ नेता रिजालले उच्च स्तरीय राजनीतिक समितिको बैठकमा कहिले पनि राष्ट्रपतिको निर्वाचनबारे कुरा नउठाउने एमाले अहिले राष्ट्रपतिको निर्वाचनलाई मुद्दा बनाएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको सभापतित्वमा सम्मपन्न सो कार्यक्रममा एनेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले छ बर्ष अगाडि निर्वाचित राष्ट्रपतिलाई नयाँ निर्वाचनपछि पनि राखी राख्नु जनमतको विरुद्ध हुने बताउँदै नयाँ जनादेशको आधारमा राष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
“संविधानसभाको बैठक कसले बोलाउनुपर्छ भन्ने कुरा विवादको विषय नै होइन ” एमाओवादी नेता रायमाझीले टिप्पणी गर्नुभयो ,“सरकार गठनमा नेपाली काँग्रेस र एमालेबीच कुरा नमिलेपछि संविधानसभाको बैठक कसले बोलाउने भन्ने विवाद बाहिर आएको हो । ”
उहाँले संविधानसभाको निर्वाचनबाट एमाओवादी तेस्रो राजनीतिक शक्ति भएपनि अग्रगमन , शान्ति र संविधान निर्माणमा एमाओवादीको सक्रिय भूमिका हुने बताउनुभयो ।

No comments:
Post a Comment