सुविसु क्यान इन्फोटेक महामेला भृकुटीमण्डपमा शुरु हुदै - मिथला दर्सन !
Headlines News :
Home » » सुविसु क्यान इन्फोटेक महामेला भृकुटीमण्डपमा शुरु हुदै

सुविसु क्यान इन्फोटेक महामेला भृकुटीमण्डपमा शुरु हुदै

Written By Unknown on Wednesday, 8 January 2014 | 19:17

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले वर्षेनी आयोजना गर्दै आएको क्यान ईन्फोटेक काठमाडौको प्रदर्शनीस्थल भृकूटीमण्डपमा हुरुहुँदैछ। आजदेखि पाँच दिनसम्म (तदनुसार जनवरी २ देखि ७, २०१४) चल्ने उक्त सूचना प्रविधी मेलामा विभिन्न कम्पनीहरुले आकर्षक छुटका साथ प्याकेटहरु लिएर आएका छन।

शिर्ष प्रायोजक सुबिसु केवलनेट (प्रा.) लिमिटेडले रिटेल ग्राहकहरुलई लक्षित गर्दै केबल ईन्टरनेटका नयाँ तथा आकर्षक योजनाहरु सुपथ मुल्यमा सुबिसु क्यान ईन्फोटेक २०१४ मार्फत सार्वजनिक गर्दैछ । हालसम्म ठूला व्यापारिक प्रतिष्ठानमा मात्र सिमित फाईबर ईन्टरनेट सेवालाई अब घरेलु प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पुर्याउने लक्ष्यका साथ सुविसु केवलनेटले विशेष योजनाहरु प्रस्तुत् गर्ने तयारी गरेको छ । त्यस्तै पछिल्लो प्रविधिमा आधारित फाईबर ईन्टरनेट सेवा समेत यसै प्रदर्शनीमा ग्राहकहरु समक्ष प्रस्तुत गर्दैछ ।

प्लाटिनम स्पोन्सर नियोटेरिक नेपालले नेपाली युवा विद्यार्थीहरुलाई लक्षित गरी आफ्नै ब्रान्डको १० वाई ७ ईन्चको एन्ड्रोईड ट्याबलेट “नियो ट्याबलेट”को प्रदर्शनी तथा विक्री शुरु गर्नेछ। त्यैस्तै डेल ब्रान्डका चौथो पुस्ताका टच स्क्रीन ल्यापटपहरु – बोन्साई ३००० सेरीज ( ईन्सपिरन ३१३७), हार्डली ७००० सेरीज (ईन्सपिरन ७४३७-७५३७), एक्सपीएस १२ (अल्ट्राबुक कम ट्याबलेट) र नोकिया लुमिया सेरीजका लुमिया ६२५, लुमिया ६२० मोबाईल प्रदर्शनीमा राख्नेछ । विशेषगरी नियोटेरिक नेपालले एसर्टीभ स्क्रीन प्रविधिमा आधारीत १५२० र १३२० मोडेलका फ्याबलेटहरुको प्रदर्शनी गरी बुकिङ्ग साथै स्कुलका पाठ्यक्रममा आधारित एच सी एल ब्राण्डका “माई एडु वल्र्ड ड्राईभ”हरुको प्रदर्शनी र विक्री यसै सुबिसु क्यान ईन्फोटेक २०१४ मार्फत शुरु गर्नेछ । त्यस्तै नियोटेरीक नेपालले नेपालका स्कुलहरुलाई वल्र्ड क्लास टेक्नोलोजि प्रदान गर्ने उद्देश्यले माईक्रोसफ्ट, चाईल्ड रिच र ३६० प्रा.ली.सँगको सहकार्यमा “स्कुल ३६०” शूरु गर्दैछ। यसका साथै नोकिया मोबाईल, बेल्किन र लजिटेक ब्राण्डका पछिल्ला प्रविधिमा आधारित एसेसोरिजहरु ल्यापटप, स्मार्टफोन, मोबाईल र ट्याबलेटमा समेत भारी छुट दिने भएको छ।

डाएमण्ड स्पोन्सर सामसुङ्गले विभिन्न सेरीजका स्मार्टफोनहरु प्रदशनीमा राख्ने भएको छ । ४ ईन्च डिस्प्ले, १ गिगाहर्ज डुवल कोर प्रोसेसर, ४ जीबी ईन्टरनल मेमोरी र दुईटा सिम राख्ने सकिने सामसुङ्ग ग्यालेक्सि स्टार मोबाईल आकर्षक मुल्यमा उपलब्ध गराईने जानकारी गराईएको छ । त्यस्तै बजारमा आउन लागेको सामसुङ्ग ग्यालक्सि एस डुओस २, सामसुङ्ग ग्यालेक्सि एस४ र नोट थ्री मोबाईल फोन प्रदर्शनी गराउने तथा अवलोकनकर्ताहरुलाई मोबाईल प्रयोगको अनुभव गर्ने अवसर समेत प्रदान गर्नेछ ।

गोल्ड स्पोन्सर टेलिटल्क प्रा.लि.ले मोबाईल प्रयोगकर्ताहरुलाई स्मार्टफोनको प्रयोग र उपादेयिताको विषयमा जानकारी प्रदान गर्दै कलर्स मोबाईलका पछिल्ला सेरीजहरु प्रदर्शनीमा राख्नेछ । प्रदर्शनीमा विशेषतः मल्टीमिडिया वायरलेश बार फोनहरुः फाईटर एफ ९-एफ ७एन-एफ१५एन÷एफ२१-एफ २८ लाईफ स्टाईल एण्ड टच सेरीज एक्स ७ एन एक्स८, एन्ड्रोईड स्मार्टफोन सेरीजः एक्सफ्याक्टर एक्स२२ वेभ-एक्स २७ वेभ-बोल्ड एक्स७५ -क्वार्ड कोर्ड स्टार ३जी-स्टार ४.० र मुख्य आकर्षण कलर्सको भित्रिन लागेको एक्स फ्याक्टर एक्सटी७२२ रहेको छ । त्यस्तै अक्टाकोर चिपसेट सहितको कलर्स मोबाईल पनि छिट्टै आउन लागेको जनाएको छ ।

गोल्ड स्पोन्सर जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रा.लि.ले डेल, एप्पल, कोर सीसीटीभी, लिनिन सीसीटीभी, जीकेबी र जीनेक्स्ट पावर बैंक चार्जरहरु सुबिसु क्यान ईन्फोटेक २०१४ प्रदर्शनीमा राख्नेछ । यसका साथै ११ ईन्चको डेल अल्ट्राबुक देखि डेल इन्सपिरन अल्ट्राबुक ५४२३ र डेल भोस्ट्रो सेरीजका ल्यापटप र डेलका प्रिन्टर, प्रोजेक्टर, मोनिटर र पछिल्ला एप्पल आईक्याक र क्याक बुक प्रो प्रदर्शनीका आकर्षण हुनेछन् । त्यस्तै यसै सुबिसु क्यान ईन्फोटेक मार्फत जेनेरेशन नेक्स्टले सेन्सरसहितका सिसिटीभी र कारहरुमा प्रयोगहुने सिसिटिभी समेत प्रदर्शन गर्ने भएको छ ।

सिल्भर स्पोन्सर माया एनिमेशन एकेडेमीले क्यान ईन्फोटेकका अवलोकनकर्ताहरुलाई आफूहरुले ६ महिना देखि २ वर्ष सम्मका एमिनेशन सम्बन्धित तालिमहरु डिप्लोमा ईन डिजीटल एनिमेशन एण्ड भिजुएल ईफेक्टस्, एड्भान्स डिप्लोमा ईन थ्री डी एनिमेशन, भिजुएल ईफेक्टस् एण्ड गेम डिजाईन, डिप्लोमा ईन डिजानईन एण्ड मल्टीमिडिया लगायत अन्य कोर्षहरुको बारेमा जानकारी प्रदान गर्नुका साथै थ्री डी एनिमेशन मुभीज कसरी बनाउने भन्ने विषयको विशेष जानकारी प्रदान गर्ने छ । साथै नेपाली एनिमेटरहरुद्वारा तयार गरीएका एनिमेटेड मुभिज समेत प्रदर्शनी गर्नेछ ।

सुबिसु क्यान ईन्फोटेक २०१४का अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ। २०७० पौष २१ गते लाई ‘विजनेश डे’को रुपमा घोषणा गरिएको छ। उक्त दिनको प्रवेश शुल्क रु १०० तोकिएको छ।

सुविसु क्यान ईन्फोटेक २०१४ मा मुख्य प्रदर्शनी हल भित्र ३९ वटा, हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु, ट्रसमा १४४, ओपन स्पेसहरु २० र फुड स्टलहरु १५ गरी जम्मा २२१ स्टल (प्रदर्शनी कक्षहरु)मा हार्डवेयर सेल्स तथा मेन्टेनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटहरु, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र अन्य गरी ११९ कम्पनीहरु सहभागी छन्।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger