V नक्कली बिल र छापबाट जिविसको कर उठाईंदै - मिथला दर्सन !
Headlines News :
Home » » V नक्कली बिल र छापबाट जिविसको कर उठाईंदै

V नक्कली बिल र छापबाट जिविसको कर उठाईंदै

Written By Unknown on Thursday, 9 January 2014 | 16:21

डाँडीमाडी दुल्लु सडकका लागि जिल्ला विकास समितिसँग गिट्टी, बालुवा र ढुङ्गा र पटके सवारी कर उठाउन नक्कली विल र र छाप प्रयोग गरेको खुलासा भएको छ ।
जिल्ला विकास समितिबाट ०७० भाद्र २ गते कर असुलीका लागि सम्झौता गरी ठेक्का लिएका नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष पुरुषोत्तम थापा (पुस्कर) ले जिविसको फर्जी विल र छाप प्रयोग गरेको पाइएको हो ।
थापाले जिविसले दिएको रसिद ठेली प्रयोग नगरी फर्जी रसिद र नक्कली छापबाट पटके सवारी र गिट्टी, बालुवा र ढुङ्गाको कर असुलेको गुनासो आएपछि फर्जी विल जिविसले नियन्त्रणमा लिएको छ । उक्त कर असुली ठेक्का पत्रकार महासंघ दैलेखका अध्यक्ष समेत रहेका थापा र उपाध्यक्ष चक्र केसीले धरौटी विना सम्झौता गरेका जिविसको एक कर्मचारीले बताए ।
गिट्टी, बालुवा र ढुङ्गाको करमा ८० प्रतिशत रकम जिविसमा जम्मा गर्नुपर्नेछ भने २० प्रतिशत ठेकेदारले राख्नुपर्ने सम्झौतामा उल्लेख छ । गिट्टी, बालुवा र ढुङ्गा करमा प्रति ट्रकको ३  सय, मिनि ट्रकको २ सय ५० र ट्याक्टरको १ सय ५० र जिपको ५० रुपैयाँ पटके कर लिने सम्झौतामा उल्लेख गरिएपनि फर्जी विल प्रयोग गरी मनपरी रकम विभिन्न सडकबाट असुली गरेको प्रमाण फेला परेको हो ।
Duplicate Bill off ddc Dailekh
ठेकेदारले प्रयोग गरेको जिविस दैलेखको नक्कली बिल
फर्जी विल प्रयोग भएको सवारीधनीबाट गुनासो आएपछि फर्जी विल र अर्धकट्टी विल नियन्त्रणमा लिइएको जिविसले जनाएको छ । ठेकेदारलाई पटक पटक सचेत गराउँदा समेत अटेर गरेकाले स्थलगत अनुगमन गरी विलहरु नियन्त्रणमा लिई कार्वाही सुरु गरिएको जिविसले जनाएको छ । पटके सवारी करका लागि २० हजार रुपैयाँमा ठेक्का लिएपनि ५० प्रतिशत रकम ठेकेदारले अझै जिविसको खातामा जम्मा गरेका छैनन् ।
जिल्लामा नेपाल पत्रकार महासंघको अध्यक्षले गैरकानुनी काम गर्दा सञ्चारजगतकै बेइज्जत भएको छ । गैरकानुनी कार्य गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने संञ्चारकर्मीहरुको भनाई छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger