२९ लाख बढी भ्रष्टाचार गरको अभियोगमा सप्तरीको बिसहरिया–४ स्थित महावीर माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोककुमार यादवविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
विभिन्न आर्थिक वर्षमा विद्यालयमा भौतिक संरचना निर्माणका लागि निकासा लिएको रकममध्ये प्रअ यादवले २९ लाख ८६ हजार रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
विभिन्न आर्थिक वर्षमा विद्यालयमा भौतिक संरचना निर्माणका लागि निकासा लिएको रकममध्ये प्रअ यादवले २९ लाख ८६ हजार रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
प्रअ यादवलाई भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १७ बमोजिम कैद गरी सोही ऐनअनुसार २९ लाख ८६ हजार जरिवाना गर्न गर्न माग गर्दै मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताए ।
प्रअ यादवले हिनामिना गरेको रकमसमेत उनैबाट असुलउपर गराई पाउन माग माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
No comments:
Post a Comment