माग सम्बोधन भए अहिलेकै संविधानसभा मान्छौँ : विप्लव - मिथला दर्सन !
Headlines News :
Home » » माग सम्बोधन भए अहिलेकै संविधानसभा मान्छौँ : विप्लव

माग सम्बोधन भए अहिलेकै संविधानसभा मान्छौँ : विप्लव

Written By Unknown on Monday, 13 January 2014 | 02:02

धनकुटा । नेकपा-माओबादीका सचिव नेत्रविक्रम चन्द विप्लवले आफुहरुलाई बाहिर राखेर संविधान निर्माण गर्न खोजिए बैकल्पिक शक्ति निर्माण गरेर अघि बढ्ने वताएका छन् । विप्लवले दश बर्षे जनयुद्धको उपलब्धी गुम्ने अवस्था सृजना भए आफूहरु विद्रोह गर्न समेत पछि नपर्ने चेतावनी दिनु दिए ।
 क्रान्तिकारी पत्रकार महासंघ धनकुटाले सोमवार धनकुटामा गरेको पत्रकार सम्मेलनमा उनले सर्वपक्षीय गोलमेच सभाबाट संविधान निर्माण गर्ने माओबादीको एजेण्डा भएपनि शोषित, पीडित, मजदुरहरुको अधिकार र पहिचानलाई सुनिश्चित गर्ने विषयमा सहमति भए अहिलेको संविधानसभा समेत मान्न तयार रहेको बताए ।
विप्लवले संसदबादी दलहरु गणतन्त्रको नाममा जनयुद्धको उपलब्धीलाई गुमाउने षड्यन्त्रमा लागे देश पुनः सशस्त्र द्वन्द्वमा फर्कने चेतावनी दिए ।
विप्लपले बाबुराम र प्रचण्डको कारण एकीकृत माओबादी विलयको बाटोमा गएकाले देशभर चुनाव हारेको टिप्पणी गरे । उनले निर्वाचनमा हार्नुको कारण अरुलाई दोष लगाउनु भन्दा उनीहरुको नैतिकता भए पार्टीको जिम्मेवारी तत्काल छाड्नु पर्ने बताए ।
उनले विस्तृत शान्ति सम्झौताको मर्मलाई तिरस्कार गरेर बाबुराम र प्रचण्ड संसदबादीहरुकै बाटोमा गएकाले तोकिएको समयमा शान्ति र संविधान निर्माण हुन नसकेको आरोप लगाए ।

Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger