प्लाईउड कम्पनीमा कार्यरत तीन सय नेपाली कामदार आन्दोलित समस्या वुझन दूतावासको टोली केडाहा जाँदै - मिथला दर्सन !
Headlines News :
Home » » प्लाईउड कम्पनीमा कार्यरत तीन सय नेपाली कामदार आन्दोलित समस्या वुझन दूतावासको टोली केडाहा जाँदै

प्लाईउड कम्पनीमा कार्यरत तीन सय नेपाली कामदार आन्दोलित समस्या वुझन दूतावासको टोली केडाहा जाँदै

Written By Unknown on Monday, 13 January 2014 | 02:03

क्वालालम्पुर । केडाहाको पोकोसेना सेक्टरमा रहेको एक प्लाईउड कम्पनीमा कार्यरत करिव तीन सय नेपाली कामदारहरुले काम ठप्प पारेका छन् । कम्पनीले आफ्ना समस्याहरुको सुनुवाई नगरेको भन्दै उनीहरुले सोमवार विहानैवाट काम ठप्प पारेका हुन् । दुई हप्ताको अवधिमा दुई नेपालीहरुले ज्यान गुमाउँदा समेत कम्पनीले श्रमिकहरुलाई नै दोषी देखाउन थालेपछि काम ठप्प पारिएको नेपाली श्रमिकहरुले वताएका छन् ।malaysia tower
गत डिसेम्वर २७ मा महेन्द्रनगर-९ चक्रघटी सुनसरीका वावुकाजी शाही र जनवरी ११ मा दुम्जा-४ वाग्लुङका ३९ वर्षीय नन्दलाल विकको मृत्यु हुँदा समेत कम्पनीले चासो नदेखाएपछि नेपाली श्रमिकहरुले कम्पनीको काम ठप्प पारेका हुन् ।
अचानक वसेकै ठाउँवाट एकाएक ढल्ने गरेपछि यस्तो किन भैरहेको छ भनेर कम्पनीसंग कुरा राख्दा कम्पनीले व्यवास्था गर्ने गरेको झापा विर्तामोडका सरोज रिजालले वताए । उनले आफूहरुका कुरा कम्पनीले नसुनेको गुनासो पाखे । रिजालका अनुसार अहिले झापा शान्तिनगरकी उर्मिला राई, पाँचथरका दुर्याेधन लेवा लिम्वु र झापा घैलाडुवाका कट्टेल थरका एक जनाको आईसियुमा राखेर उपचार भैरहेको छ । उनीहरु वसेकै ठाउँमा एक्कासि ढलेपछि अस्पताल भर्ना गरिएको हो ।
समस्या परिरहेपनि कम्पनीले वारम्वार काममा आउन अनुरोध गर्दा नेपाली श्रमिकहरु नगएपछि तीन दिन अगाडि कम्पनीले प्रहरीलाई वोलाएको थियो । प्रहरीले गंगा प्रसाद प्रसाई, लक्ष्मी मैनाली र सेलिङलाई सोधपुछका लागि नियन्त्रणामा लिएर छाडेको थियो । आइतवार राति कुनै पनि नेपाली श्रमिकहरु रातभर सुतेका थिएनन । उनीहरु सवैजना होस्टल अगाडि जम्मा भएर भजन किर्तन गरेर वसेका थिए ।
समस्या जटिल वन्दै गएपछि सोमवार विहान नेपाली दूतावासको एक टोली उक्त स्थानमा जाँदै गरेको वुझिएको छ । दूतावासदेखि उक्त कम्पनीको दुरी करीव ४ सय ५० किलोमिटर टाढा रहेको छ । कम्पनीमा नेपालीका अलावा अन्य ९ वटा देशका श्रमिकहरु समेत कार्यरत रहेका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger