जनकपुर नगरक्षेत्र महामारीको जोखिममा - मिथला दर्सन !
Headlines News :
Home » » जनकपुर नगरक्षेत्र महामारीको जोखिममा

जनकपुर नगरक्षेत्र महामारीको जोखिममा

Written By Unknown on Monday, 13 January 2014 | 02:04

। डम्पिङ साइटको अभाव, जताततै फोहोर, सुँगुरको बथान, बन्द ढल तथा सरसफाइको अभावका कारण जनकपुर नगरक्षेत्र महामारीको जोखिममा पर्दै गएको छ ।
दैनिक १३ टन फोहोर उत्पादन हुने जनकपुर नगरक्षेत्रमा आजभोलि नौ टन मात्र सङ्कलन गरिन्छ भने पाँच टन नगरक्षेत्रमै जताततै छरिएर रहने गरेकाले महामारीको सम्भावना देखिएको हो ।
जनकपुर नगरपालिकाले सङ्कलन गरेको फोहोर व्यवस्थापन गर्ने निश्चित डम्पिङ साइटको अभाव भएकाले हाल राजमार्ग, सडकछेउ, नदी किनार, सार्वजनिक जग्गा र स्मशानघाट छेउ तथा निजी जग्गामा विसर्जन गर्ने गरिएको नगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवको भनाइ छ ।
नगरक्षेत्रको फोहोर व्यवस्थापनमा वार्षिक एक करोड रुपैयाँ खर्च हुने गरेको छ भने यसबाट प्रत्यक्षरूपमा ६ हजार पसल तथा तीन हजार घरधुरी लाभान्वित हुने गरेको भए पनि जताततै फोहोर जाम भएका नालाहरू, छाडा गाईवस्तु तथा सुँगुरका कारण जनकपुरको ऐतिहासिकता कुरुप बन्दै गएको छ ।
फोहोर व्यवस्थापन गर्न नगरपालिकासँग तीनवटा ट्याक्टर, दुईवटा ट्रिपर, ६१ जना सफाइ कर्मचारी र पाँचजना सुपरभाइजर रहेका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger