सुर्खेत,पुस २९ गते । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पढाइ सुरु भएको एक वर्ष भइसक्दा पनि पाठ्यपुस्कतबिना नै पढाइ भइरहेको छ ।
एक वर्षको अवधिमा विश्वविद्यालयका दुईवटा सेमेस्टरको कार्यक्रम सकिनै लाग्दासमेत विश्वविद्यालयले निर्माण गरेको पाठ्यक्रमअनुसार पुस्तक नहँुदा विद्यार्थी पुस्तकबिना नै परीक्षा दिन बाध्य भएका हुन् । पहिलो सेमेस्टरको कार्यक्रममा पुस्तकबिना नै परीक्षा दिएका विद्यार्थीले दोस्रो सेमेस्टरको कार्यक्रममा पनि पुस्तक नहुँदा त्यसरी नै परीक्षा दिने भएका छन् ।
पाठ्यक्रमअनुसारको पुस्तक पनि आइनसकेको र विश्वविद्यालयको पुस्तकालयमा पनि कुनै पुस्तक नभएको विद्यार्थीले गुनासो गरेका छन् । विश्वविद्यालयमा पढाइ हुने विषयको पुस्तक तथा अन्य सन्दर्भ सामग्रीसमेत उपलब्ध हुन नसक्दा पढ्न समस्या हुने गरेको विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी निराजन शाहीले बताउनुभयो ।
विश्वविद्यालयमा भर्ना हुुँदा पुस्तकालयका लागि धरौटीसमेत बुझाएको भएपनि विश्वविद्यालयले पुस्तकको व्यवस्था गर्न नसकेको उहाँको भनाइ छ । “विश्वविद्यालयमा भर्ना हुँदा हामीले पुस्तकालयका लागि पनि धरौटी बुझाएका छौँ”, उहाँले भन्नुभयो, “पुस्तकालयमा एउटा पनि किताब छैन, किन्न पनि पाइँदैन ।”
पाठ्यक्रमअनुसारका पुस्तकहरु नभएको र अन्य सन्दर्भ पुस्तकहरु पनि विश्वविद्यालयले उपलब्ध नगराएपछि सम्बन्धित विषयका उपप्राध्यापकहरुले नै पाठ्यक्रमअनुसारका केही सामग्री उपलब्ध गराउने गरेका छन् । विश्वविद्यालयले पनि तत्काल पुस्तक उपलब्ध गराउन नसकिने भन्दै उपप्राध्यापकहरुलाई नै आवश्यक सामग्री उपलब्ध गराउन निर्देशन दिएको छ ।
विद्यार्थीलाई उपलब्ध गराइने सामग्रीको खर्च विद्यार्थीले तिर्न नपर्ने मानविकी तथा समाजशास्त्र सङ्कायका डीन पीताम्बर ढकालले बताउनुभयो । उहाँले अहिले विश्वविद्यालयसँग पुस्तक ल्याउन रकम अभाव भएको भन्दै पुस्तकको व्यवस्था सम्बन्धित उपप्राध्यापकहरुले नै गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।
“अहिले पुस्तक किन्ने पैसा छैन, पुस्तकालयमा केही पुस्तक छन्, ती पनि उधारोमा ल्याइएका हुन्”, उहाँले भन्नुभयो, “तत्कालका लागि प्राध्यापकहरुले नै आवश्यक सामग्री उपलब्ध गराउनु हुनेछ, त्यसको शुल्क विद्यार्थीले तिर्नु पर्दैन ।”
विश्वविद्यालयको दास्रो सेमेस्टरको परीक्षा आगामी माघ १९ गतेदेखि सुरु हुँदै छ ।
विश्वविद्यालयले अहिलेसम्म विद्यार्थीलाई परिचयपत्रसमेत उपलब्ध गराउन सकेको छैन । रासस

No comments:
Post a Comment