पुस २९ गते । दाङको तुलसीपुर नगरपालिकालाई मध्यपश्चिम क्षेत्रमा पहिलो खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ ।
नगरपालिकाका १२ हजार १११ घरघुरीमा शौचालय निर्माण भई प्रयोगमा ल्याउन थालेपछि नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको हो । नगरपालिकालाई खुल्ला दिसामुक्त नगरको घोषणा आइतबार एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले ‘नगरवासी आफूहरू कसैले पनि खुल्ला शौच गर्ने छैनाँै र अरू कसैलाई पनि गर्ने दिने छैनौँ’ भनी शपथ खुवाएर खुल्ला दिसामुक्त नगर घोषणा गर्नुभएको हो ।
नगरपालिकालाई पूर्ण सरसफाइ नगर बनाउन अर्थात् खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न नगरपालिकाले सबै वडामा विभिन्न जनचेतनामूलक कार्यक्रम, मिडिया वास फोरम, नगरपालिकाबाट प्रदान गरिने सेवासुविधा लिनका लागि सरसफाइ परिचयपत्रको वितरण लगायतका कार्यक्रमहरू गर्दै आएको थियो ।
त्यसैगरी नगरपालिकाभित्र बसोबास गर्ने अतिविपन्न परिवारका लागि भने नगरपालिकाले सम्बन्धित वडामार्फत शौचालय निर्माणका लागि निर्माण सामग्रीसमेत उपलब्ध गराएको थियो ।
नगरपालिकालाई मध्यपश्चिम क्षेत्रमा पहिलो खुल्ला दिसामुक्त नगरपालिका घोषणा गर्न सफल भएको भन्दै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख अरुण सिम्खडाले नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराज बेलबासेलाई रु चार लाख र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
नगरस्तरीय सरसफाइ समितिका संयोजक खेमराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेल, विभिन्न दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
घोषणा हुनुअघि ११ वटै वडाबाट सहभागी विभिन्न झाँकीसहितको जुलुसले तुलसीपुर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । जिल्लाका दुई नगरपालिका र ३९ गाविसमध्ये हालसम्म तुलसीपुर नगरपालिकासहित २८ वटा गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् । रासस

No comments:
Post a Comment