संविधानसभा सदस्यको शपथ माघ ७ मा - मिथला दर्सन !
Headlines News :
Home » » संविधानसभा सदस्यको शपथ माघ ७ मा

संविधानसभा सदस्यको शपथ माघ ७ मा

Written By Unknown on Monday, 13 January 2014 | 02:07

संविधानसभा सचिवालयले संविधानसभाका नवनिर्वाचित सभासद्लाई आगामी माघ ७ गते शपथ दिलाउने गरी तयारी गरिरहेको छ ।
संविधानसभाका नवनिर्वाचित सभासद्मध्ये छयासी वर्षे ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सबै नवनिर्वाचित सदस्यलाई नयाँबानेश्वरस्थित संविधानसभा भवनमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ दिलाउनुहुनेछ ।
त्यसअघि संविधानसभाको बैठकको सञ्चालन र अध्यक्षता गर्नका लागि अन्तरिम संविधानमा व्यवस्था भएअनुरूप नवनिर्वाचित ज्येष्ठ सदस्य थापालाई माघ ६ गते राष्ट्रपतिबाट शपथ दिलाउने गरी गृहकार्यसमेत भइरहेको बुझिएको छ ।  ती कार्य सरोकार भएका पक्षको परामर्शमा सम्भवतः सोही मितिमै हुने संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले माघ ८ गतेका लागि संविधानसभाको बैठक शनिबार आह्वान गर्नुभएलगत्तै संविधानसभा सचिवालयले बैठक सञ्चालनका लागि गर्नुपर्ने बाँकी सम्पूर्ण पूर्वतयारीका कामलाई तीव्रता दिएको छ ।  सोअनुरूप बैठकको आह्वान भएको कुराको जानकारी र बैठकमा भाग लिने आमन्त्रण गरिएको बेहोरासहितको चिठी प्रत्येक नवनिर्वाचित सदस्यलाई आइतबारैदेखि पठाउन सुरु गरिसकेको छ ।
त्यसैगरी संविधानसभाको पहिलो बैठकका लागि सम्भावित कार्यसूची निक्र्याेलको काममा अहिले सचिवालय व्यस्त रहेको बताइएको छ ।  सोअनुसार सचिवालयले पहिलो दिनको बैठकको प्रारम्भमा मन्त्रिपरिषद्का अध्यक्षबाट संविधानसभाको बैठक आह्वानसम्बन्धी पत्र पेस हुने कार्यसूची बनाउने छ ।  त्यस्तै, संविधानसभाका लागि तत्कालै आवश्यक पर्ने नियम तथा नियमावलीको निर्माणसम्बन्धी विषय र अध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यको टुङ्गो पनि पहिलो बैठकबाटै लाग्नेछ ।
छब्बीस सदस्यबिना बैठक
संविधानसभाको पहिलो बैठकलाई मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सम्बोधन गर्ने सम्भावनासमेत रहेको बुझिएको छ ।  त्यस्तै, सचिवालयले सभासद्लाई संविधानसभाको बैठक प्रारम्भ भएको केही साताभित्रै राजनीतिक दलसँगको परामर्शमा संविधानसभाको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ प्रशिक्षणसमेत दिने तयारी गरिरहेको छ ।
संविधानसभाको प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने सबै संविधानसभा सदस्यको उपस्थिति रहे पनि मन्त्रिपरिषद्बाट मनोनयन गरिने २६ सदस्यको सहभागिताबिना संविधानसभाले पूर्णता पाएको नमानिए पनि बैठक सञ्चालनमा त्यसैका कारण कठिनाइ नहुने बताइएको छ ।
मनोनयन नभए पनि बैठक सञ्चालन हुन सक्छ भन्ने कुरा अघिल्लो संविधानसभाका बैठकबाट समेत स्पष्ट भइसकेको भए पनि संविधानभाका लागि मनोनयन यथाशीघ्र गरिनुपर्छ भन्ने पाटोलाई चाहिँ संविधानले नै स्पष्ट गरेको प्रवक्ता शर्मा बताउनुहुन्छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger