नेपाल यूएईसँग १ सय २ रनले पराजित एक दिवसीय विश्वकप छनोटमा खराव सुरुवात - मिथला दर्सन !
Headlines News :
Home » » नेपाल यूएईसँग १ सय २ रनले पराजित एक दिवसीय विश्वकप छनोटमा खराव सुरुवात

नेपाल यूएईसँग १ सय २ रनले पराजित एक दिवसीय विश्वकप छनोटमा खराव सुरुवात

Written By Unknown on Monday, 13 January 2014 | 02:09

एकदिवसीय विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल यूएईसँग १ सय २ रनले पराजित भएको छ ।
Nepal-vs-UAEयूएईले प्रस्तुत गरेको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि शरद भेसवाकरले सर्वाधिक ५४ रन बनाए भने विनोद भण्डारी र शक्ति गौचनले समान ३७ रन बनाए ।
सागर पुनले २५ रन जोड्दा कप्तान पारस खड्का १२ रनमा पभेलियन फर्किए । अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन । महेश क्षेत्री ९, बसन्त रेग्मी ४ र ज्ञानेन्द्र मल्ल ४ रनमै आउट भए । अनिल मण्डल, सोमपाल कामी र जितेन्द्र मुखियाले खाता नै खोल्न सकेनन् । नेपाली व्याट्सम्यान विनोदले मात्र एक छक्का प्रहार गरेका थिए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा कमरान साजादले ३ तथा मन्जुला, अमजाद र खुर्राम खानले समान २–२ विवेक हात पारेका थिए ।
यसअघि टस हारेर पहिले व्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो । मध्यम सुरुवात गरेको उसको पारी साइमन अनवर र स्वपनिल पट्टेलले सम्हालेका थिए । अनवर र पट्टेलले चौथो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरे । साइमनले सर्वाधिक १ सय ९ रन बनाए भेन पट्टेलले ७४ रनको योगदान दिए ।
नेपालका बसन्त रेग्मीले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए भने । शक्ति गौचन र सागर पुनले १–१ विकेट लिए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger