काशिन्द्र कुमार शर्मा
जनकपुरधाम, ६ माघ ।
बैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक कतार पुगेका धनुषा ठाढी झिझाका एक युवकको छतबाट खसेर मृत्यु भएको छ ।
कतारको सानैया भन्ने ठाउंमा काम गर्दै आएका ठाढी झिझा वडा नम्बर–३ बस्ने मजवा अधिकारी हकको २२ बर्षिय छोरा नसिबुल अधिकारी हकको कतारको हमाद अस्पतालमा उपचारको क्रममा शनिबार दिउ“सो मृत्यु भएको बुझिएको छ ।
कतारको एक चार तल्ले भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ । चार तल्ल भवनबाट खसेर घाइते भएका हकलाई नेपाली कामदारहरुले तत्कालै सहयोग गरेको उनीसंगै बस्दै आएका ममताज राईनले जनाए । उनका अनुसार गत पुस २४ गते बुधबार चारतल्ले घरबाट खसेर घाइते भएका हक कोमामा थिए । उपचारकै क्रममा अधिकारीको ११ दिनपछि अस्पतालमै मृत्यु भएको उनले बताएका छन् ।
करिब १८ महिना अघि रोजगारको सिलसिलामा कतार पुगेका हकको मृत्यु भएको खवर पाएका परिवारजनसहित ठाढी भिझा वडा नम्बर–३ नै शोकमग्न भएको छ । हक काम गर्दै आएको कम्पनीको नाम भने खुलाइएको छैन भन्ने निजको शव नेपाली राजदुतावासको सहयोगमा नेपाल ल्याइने तयारी भइरहेको जनाइएको छ ।
No comments:
Post a Comment