टुडे समाचारदाता
जनकपुरधाम, ६ माघ ।
मधेश केन्द्रित दलहरुबीच एकताको विकल्प नरहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन । सातौ बलिदानी दिवशको अवसरमा मधेश जनआन्दोलन परिचालन समिति धनुषाले आइतवार जानकी मन्दिरको प्राङगनमा आयोजना गरेको सातौ बलिदानी सभा कार्यक्रममा वक्ताहरुले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले मधेशको मुद्धालाई ओझेलमा पारेकाले सम्पुर्ण मधेश केन्द्रित दलहरुबीच एक जुट भएर खसवादी पहाडी ब्राम्हण सोंच प्रवृतिका प्रमुख तीन दललाई परास्त गर्नुपर्ने बताएका हुन ।
वक्ताहरुले मधेशको मुद्धा प्रमुख तीन दलकै कारणले पुरा हुन नसकेको आरोप लगाउदै माग पुरा नभएसम्म आन्दोलन जारी नै रहने उल्लेख गरे । केही मधेश केन्द्रित दलहरु पनि मधेशको मुद्धा बिर्सेर खसवादी पहाडी प्र्रवृतिका दलकै पछि लागेको प्रति आक्रोश व्यक्त गरे । उनीहरुले पछिल्लो समय तमलोपा, फोरम नेपाल र सदभावना बीच एकता हुने चर्चा चलेको प्रति सहानुभुति समेत प्रकट गरे ।
समितिका संयोजक इन्द्र कुमार मधेशानन्दको अध्यक्षतामा आयोजित सभामा मधेश आन्दोलनका अगुवा उमेश झा, बिजय ठाकुर, नागेन्द्र मण्डल, शम्भु झा निर्दोषी, बलदेव साह, हरेराम चौधरी, रामचन्द्र चौधरी, विवेक कर्ण, संजय ठाकुर, रीता झा, महाशंकर ठाकुर, पवन झा, दिलिप मिश्र, मानव अधिकारवादी बिजय दत्त, नेपाल पत्रकार महासंघ धनुषाका सभापति रामअशिष यादव, मधेशी पत्रकार समाजका केन्द्रिय सदस्य आतिश कुमार मिश्र लगायतले मधेशी दलहरुबीच एक भएर जानुको विकल्प नहरेकोमा जोड दिए । उनले आन्दोलनको क्रममा रमेश महतो लगायत ५४ जना मधेशीले ज्यानको बलिदानी दिएको बताउदै आवश्यकता परे आफूहरु पनि सहिद हुन पछि नहटने बताए ।
कार्यक्रममा समितिका संयोजक मधेशानन्दले मधेश केन्द्रित दलहरु टुक्रा टुक्रा भएपनि मधेशको मुद्धा भने यथावत नै रहेको उल्लेख गरे । उनले मधेशको मुद्धालाई कुनै पनि दल विशेषले कमजोर पार्न नसक्ने जिकिर गर्दै मुद्धाको सवालमा कसैसंग सम्झौता समेत नगर्ने बताए । कार्यक्रममा पंकज कुमार चौहानले स्वागत मनतव्य राखेका थिए भने सदाशिव मिश्रले कार्यक्रम संचालन गरेका थिए ।सो अवसरमा मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिद राजेश ठाकुरको आमा कुशुम ठाकुर र आन्दोलनका क्रममा घाइते भएका महोत्तरी निवासी बिजय ठाकुर सम्मान गरिएको थियो ।
यसैबीच बलिदानी दिवशको अवसरमा मधेशी पत्रकार समाज धनुषा शाखाले जनकपुरमा प्रभात फेरी निकालेको छ । समाजका अध्यक्ष सुभाष कर्णको अध्यक्षतामा भानु चोक(शहिद चोक)बाट सुरु भएको प्रभात फेरी शिव चोक, जनक चोक, राम मन्दिर हुंदै जानकी मन्दिरको प्राङगनमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा मधेश जन आन्दोलन परिचालन समितिका संयोजक इन्द्र कुमार मधेशानन्द, आन्दोलनका अगुवाहरु शम्भु झा निर्दोषी, महाशंकर ठाकुर, परमेश्वर साह, नेपाल पत्रकार महासंघ धनुषा शाखाका सभापति रामअशिष यादव, पत्रकार अनिल मिश्र लगायतले मधेशको मुद्धा पुरा नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै सदभावना पार्टी धनुषाले समेत सातौ बलिदानी दिवशको अवसरमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका जिल्ला संगठन विभाग प्रमुख जगदिश महासेठको अध्यक्षता तथा केन्द्रिय सदस्य राम विनोद यादवको प्रमुख आतिथ्यमा आयोजित सभामा सहिद रमेश महतो लगायत मधेश आन्दोलनका क्रमा सहादत प्राप्त गरेका ५४ जना सहिदको फोटो माथि मालाअर्पण गरिएको थियो ।
जिल्ला उपाध्यक्ष रामशंकर पासवानले संचालन गरेको कार्यक्रममा केन्द्रिय सदस्य कामेश्वर झा, पार्टी जिल्ला अध्यक्ष संजय कुमार सिंह, सचिव नरेश कुमार यादव, सह सचिव श्रीमती पार्वती पुर्वे, जिल्ला प्रचार सचिव जगदीश महरा, मुस्लिम विभाग प्रमुख मो. साजिद हुसैन, डा. रामचन्द्र चौधरी, उमेश साह, भोगेन्द्र मण्डल, अभिनन्दन ठाकुर लगायतले सहिदको फोटो माथि अबिर माला लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
Windows Live Tags: जनकप,दलहर,अवसरम,जनआन,आइतव,ङगनम,नभएसम,नहटन,भएपन,मनतव
WordPress Tags: जनकप,दलहर,अवसरम,जनआन,आइतव,ङगनम,नभएसम,नहटन,भएपन,मनतव
Blogger Labels: जनकप,दलहर,अवसरम,जनआन,आइतव,ङगनम,नभएसम,नहटन,भएपन,मनतव
No comments:
Post a Comment