सप्तरीमा करिब ४० प्रतिशतभन्दा बढी विद्यालयहरु गाभ्नुपर्नेः अख्तियार टोली - मिथला दर्सन !
Headlines News :
Home » » सप्तरीमा करिब ४० प्रतिशतभन्दा बढी विद्यालयहरु गाभ्नुपर्नेः अख्तियार टोली

सप्तरीमा करिब ४० प्रतिशतभन्दा बढी विद्यालयहरु गाभ्नुपर्नेः अख्तियार टोली

Written By Unknown on Friday, 10 January 2014 | 22:56

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीमा करिब ४० प्रतिशतभन्दा बढी विद्यालय गाभ्नुुपर्ने अवस्थामा रहेको जनाएको छ ।

    अख्तियारका वरिष्ठ प्रहरी उपरीक्षक योगेश्वर रोमखामीको नेतृत्वमा खटिएको टोलीले पाँच दिनसम्म सप्तरीका विभिन्न विद्यालय पुगेर गरेको अनुगमनका क्रममा यस्तो तथ्य फेला पारेको हो ।

अख्तियारको टोलीले आज बिहान राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै सप्तरीका १२० वटा प्राविमा चार टोली अनुगमनका लागि खटाइएको र तिनले करिब ४० प्रतिशतभन्दा बढी विद्यालय गाभ्नुुपर्ने अवस्थामा रहेको निष्कर्ष निकालेको जानकारी दियो ।

सप्तरीमा झोले विद्यालय फेला नपरे पनि आवश्यकता नै नभएको स्थानमा पनि विद्यालय भेटिएको र १० मिनेटकै दूरीमा दुई÷तीन वटासम्म विद्यालय पाइएको जानकारी पनि टोलीले दियो ।

अख्तियारका वरिष्ठ प्रहरी उपरीक्षक रोमखामीले भन्नुभयो, “विद्यार्थीलाई शिक्षा दिनुभन्दा पनि आफू प्रअ कसरी बन्ने र आफन्तलाई जागिर कसरी लगाउने भन्ने नियतबाट विद्यालयखोलिएको पाइयो ।”

करिब ४० प्रतिशतभन्दा बढी यस्ता विद्यालय भेटिएकाले अब यस्ता विद्यालयलाई खारेज वा ‘मर्ज’ गर्नुपर्ने उहाँको कथन थियो ।

अनुगमनका क्रममा कतिपय विद्यालयमा बाहिरका विद्यालयबाट विद्यार्थी ल्याइएको, कतिपयमा त थोरैमात्र विद्यार्थी पाइएको र त्यसमा पनि १ कक्षाका विद्यार्थीलाई ३ कक्षामा बसाएको भेटिएको वरिष्ठ प्रहरी उपरीक्षक रोमखामीले बताउनुभयो ।

करिब २÷३ वर्षअघि नै भवन निर्माणका लागि रकम निकासा भएपनि कुनै काम नभए, वास्तविक विद्यार्थीभन्दा बढी देखाएर रकम निकासा लिएको र छात्रवृति रकम नक्कली विद्यार्थीको नाम वितरण गरिएको तथा प्रक्रिया नै नपु¥याएर शिक्षकहरु नियुक्त गरिएको जस्ता अनियमितता सप्तरीका अधिकांश विद्यालयमा भएको पाइएको छ ।

उहाँका अनुसार अनुगमनका क्रममा शिक्षकहरुले पनि आफ्नो दायित्व पूरा नगरेको तथा लामो समयदेखि विद्यालयको निरीक्षणसमेत नभएको पाइएको थियो । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger