माधव नेपाल भन्छन्-राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ - मिथला दर्सन !
Headlines News :
Home » » माधव नेपाल भन्छन्-राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ

माधव नेपाल भन्छन्-राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ

Written By Unknown on Friday, 10 January 2014 | 22:48

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुनुपर्ने बताएका छन् ।
madhav-nepalपार्टी प्यालेसहरुको छाता सङ्गठन एभेन्टस् एन्ड भेन्यु एसोसिएसन नेपालको तेस्रो वाषिर्कोत्सवको शनिबार उद्घाटन गर्दै नेता नेपालले भने-’संविधानसभा निर्वाचनपछि राष्ट्रपतिको निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन हुनुपर्छ ।’
उनले राष्ट्रपतिको निर्वाचनको पक्षमा आफूहरु भएपनि दलहरुबीच सहमति गरेर नै यस विषयलाई टुङ्ग्ाो लगाउने तयारी गरिरहेको बताए ।
नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभाको पहिलो बैठक राष्ट्रपति वा प्रधानमन्त्री कसले बोलाउने भन्ने विषयलाई दलहरुबीच सहमति गरेर जानुपर्नेमा अदालत पुर्‍याउनु दुर्भाग्यपूर्ण भएको बताए । निर्वाचनपछि पनि मुलुकमा अन्यौलता देखापरेकाले जनतामा आशङ्का उत्पन्न भएको भन्दै उनले छिटो बैठक बोलाएर संविधान लेखनमा लाग्नु पर्ने बताए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger