vकाठमाडौँ, पुस २६ गते । स्थानीय नैकाप पुरानो भन्ज्याङ गाविसस्थित सद्भाव नगर टोल सुधार समितिले आज क्षेत्र नं ९ बाट नवनिर्वाचित सभासद् ध्यानगोविन्द रञ्जितलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ ।
सो अवसरमा सभासद् रञ्जितले संविधान निर्माणका लागि जनताले आफूलाई सुम्पेको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नाका साथै स्थानीय विकास निर्माणमा प्राथमिकताका साथ लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष जङ्गबहादुर आले मगर, समाजसेवी बुद्ध खड्का, नयाँ नैकाप खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामहरि बस्नेत, स्थानीय टोलसुधार समितिका सल्लाहकार रामसिंह ठाकुर, नेपाली काँग्रेस १४ नं वडा एकाइ सभापति कुबेर खड्कालगायतले त्यहाँका बासिन्दाले भोग्नुपरेको खानेपानीको समस्या समाधान गर्न तथा बाटो सुधार र पुल निर्माणमा ध्यान दिन आग्रह गरेका थिए । रासस

No comments:
Post a Comment