स्व.पत्रकार उमा सिंहको पाँचौ स्मृति दिवश आज स्व.पत्रकार उमा सिंहको पाँचौ स्मृति दिवश आज - मिथला दर्सन !
Headlines News :
Home » » स्व.पत्रकार उमा सिंहको पाँचौ स्मृति दिवश आज स्व.पत्रकार उमा सिंहको पाँचौ स्मृति दिवश आज

स्व.पत्रकार उमा सिंहको पाँचौ स्मृति दिवश आज स्व.पत्रकार उमा सिंहको पाँचौ स्मृति दिवश आज

Written By Unknown on Saturday, 11 January 2014 | 02:27

प्रथम महिला सहिद पत्रकार उमा सिंहको पांचौ स्मृति दिवस प्रत्येक वर्षझै यस वर्ष पनि जनकपुरमा विविध कार्यक्रम सहित मनाउने भएको छ । स्मृति दिवशको अवसरमा नेपाल पत्रकार महासंघ  धनुषा शाखाले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । महासंघका सचिव इश्वर चन्द्र झाले सिंहको शनिवार अपरान्ह ४ बजे जानकी मन्दिरको प्राङगनमा श्रद्धाञ्जली सभाको आयोजना गरेको जनाए ।

यस्तै क्रान्तिकारी पत्रकार संघ धनुषा शाखाले समेत श्रद्धाञ्जलीका साथै रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । पत्रकार सिंहको अन्तिम समयमा रगत अभावकै कारणले मृत्यु भएकोले  उनकोे स्मृती दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष दिपेन्द्र प्रसाद सिंहले जनकपुर टुडेलाई बताए । जनकपुर अंचल अस्पतालको प्राङगनमा रहेको नेपाल रेडक्रसको सोसाइटीको कार्यालयमा विहान १० बजे श्रद्धाञ्जली सभा तथा रक्तदान कार्यक्रमको आयोजना गरेको जनाए । श्रद्धाञ्जली तथा रक्तदान कार्यक्रममा सहभागीताका लागि उनले सबैमा आग्रह समेत गरे ।

रेडियो टुडे, जनकपुरधाममा कार्यरत सिंहलाई विसं २०६५ साल पुस २७ गते जनकपुरको रजौल स्थित डेरामा बसेको बेला अज्ञात समूहले धारिलो हतियार प्रहार गरि विभत्स तरिकाले हत्या गरेका थिए ।
उनको हत्यामा संलग्न मुख्य योजनाकार स्वामी यादव भनिने उमेश यादव पक्राउ परी जेल चलान भैसकेको छ । उमाको हत्या भएको करिव ४ वर्ष ८ महिना पछि मुख्य अभियुक्त यादवलाई भदौ ३१ गते सुदुरपश्चिमको कैलाली जिल्लाको धनगढीबाट पक्राउ गरिएको थियो । मोवाइल फोन डिटेल र लोकेशनको आधारमा धनुषाबाट खटिएको विशेष प्रहरी टोलीले नेपालबाट कैलालीको गौरीफन्टा गाविस भई सीमा पार गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएका थिए ।
अभियुक्त यादवलाई असोज ३ गते धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । हत्याको कारक मानिएकी उनकी भाउजु ललिता सिंह र नेमलाल पासवान जम्म कैदको सजाय भोगिरहेका छन् भने माओवादी सम्बद्ध श्रवण यादवले जेलबाट मुक्ति पाइसकेका छन् । उनकी दाजु र बुबालाइ माओवादीले अपहरण गरी हत्या गरेका थिए । उनी स्वयम् पनि छोटो समय अपहरणमा परी मुक्त भएकी थिइन् । यता आपराधिक समूहको धम्कीको कारण स्वर्गीय सिंहकी आमा शुसिला देवी सिंह भने पछिल्लो पांच वर्षदेखि घर छोडेर अन्यत्र बिस्थापित भएकी छन् । सिंहको हत्या गरेपछि हत्यामा संलग्न आपराधिक समूहले बारम्बार ज्यान मार्ने धम्की दिएको कारण विस्थापति भएको स्थानीय गाउंलेहरुको भनाइ छ ।

उनका दाजु र बुबा पहिले नै सम्पत्ति बांडफांड गरी छुट्टिएर बसे पनि परिवारको आपसी कलहका कारण अरुले एकअर्काको विरुद्ध प्रयोग गर्न सक्ने नाजुक अवस्थामा उनकी भाउजू र आमा थिए । यो पृष्ठभूमिमा उनी पत्रकारिता पेसालाई र आफनो प्राज्ञिक हैसियतलाई खरो रुपमा उतार्न र आफ्नो परिवार विरुद्धको अन्यायसँग जुझ्न चाहन्थिन् । त्यसैले उनी सिरहा छाडी जनकपुर सरिन् र पत्रकारितामा एकचित्त भएर लागिन् ।
छोटो समयमै उनी व्यावसायिक पत्रकारका रुपमा स्थापित समेत भएकी थिइन । सिरहा मिर्चैयाको जग्गा हडप विवादमा संलग्न समूहको अत्याचार विरुद्ध अनुसन्धानमूलक ढङ्गले ‘एक्सपोज’ गर्न उनी अगाडि सरिन् । उनले काठमाडौबाट प्रकाशित केही पत्रिकामा खोजी समाचार लेखिन् । यसबाट उनी तिनै व्यक्तिहरुका लागि चुनौतीका रुपमा देखा परिन्, जसले उनको पारिवारिक सम्पत्ति कब्जा गरेको थियो । त्यो समूह र त्यसमा रहेका आपराधिक व्यक्तिले उमालाई धेरै कोणबाट आफ्नो लागि खतराका रुपमा देख्न थाले ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger