जनकपुर नगरपालिकाका प्रमुख एवम कार्यकारी अधिकृत जगन्नाथ लामिछाने नगरपालिकालाई सौन्दर्यीकरण गर्न एशियाली विकास बैंक (एडीबी) को सहयोगमा संचालित एकीकृत सहरी विकास आयोजनालाई सहयोग गर्न सबैमा आग्रह गरेका छन ।
शुक्रवार नगरपालिकाको २० औं नगर परिषद्मा लामिछानेले यस्तो आग्रह गरेका हुन ।
नगरवासीको चाहना तथा अपेक्षा असीमित भएपनि नगरपालिकामा साधन स्रोत सिमित रहेको जनाउदै लामिछानेले सीमित स्रोत साधन र जनशक्तिलाई पनि सुव्यवस्थित तवरले संचालन र परिचालन गर्नुपर्ने चुनौती खडा भएको बतँए ।
नगरपालिकाको आन्तरिक सुदृढिकरण र संस्थागत क्षमता विकासको लागि एशियाली विकास बैंकको सहयोग तथा विगतका राजनीतिक संयन्त्रका प्रतिनिधि सहित नागरिक समाज समेतको सुझाव अनुसार तयार पारिएको वित्तिय सुधार योजनालाई गत आवको परिषद्बाट स्वीकृत गरी लागु भैसकेकोले यसको कार्यान्वयनमा नगरपालिकाको कर्मचारी लगायत सरोकारवालाहरुको समेत सहयोगको अपेक्षा रहेको उनले बताए ।
सो अवसरमा लामिछानेले आगामी आर्थिक वर्षको लागि आयतर्फ ४८ करोड ३ लाख ६३ हजार २ सयको प्रस्तावित बजेट प्रस्तुत गरे । यस्तै व्यय तर्फ पनि उत्तिकै रकमको अनुमानित रकमको विवरण प्रस्तुत गरिएको छ ।
यस्तै चालु आर्थिक वर्ष २०७०/७१ को मंसिर मसान्त सम्मको यर्थाथ आय ८ करोड ६९ लाख ८२ हजार ६ सय ७५ र व्यय ६ करोड ३ लाख ८२ हजार ३ सय ४२ रुपैया देखाइएको छ । चालु आर्थिक आर्थिक वर्षमा आन्तरिक आयतर्फ ३ करोड ९७ लाख १० हजार ७ सय ४ रुपैया तथा बाह्य आय ४ करोड ७२ लाख ७१ हजार ९ सय ७१ देखाइएको छ भने चालु व्यय तर्फ २ करोड २२ लाख ४८ हजार ५ सय ५८ तथा पुंजीगत तर्फ ३ करोड ८१ लाख ३३ हजार ७ सय ८४ रुपैया देखाइएको छ ।
यस्तै गत आर्थिक वर्षमा आय १३ करोड ३२ लाख ९३ हजार ८० रुपैया देखाइएको छ भने व्यय ११ करोड ८१ लाख ५५ हजार ६ सय ४४ देखाइएको छ ।
यस वर्ष संस्थागत विकास तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि, कर संकलन, स्थानिय स्तरमा विकास निर्माण, स्वास्थ्य तथा सरसफाई, सामाजिक विकास तथा समावेशीकरण, बालमैत्री स्थानिय शासन पद्धतिको अवलम्वन लगायत सम्बन्धी नीतिमा विशेष प्राथमिकता दिइएको छ ।
पत्रकारहरुको विकास तथा क्षमता अभिवृद्धिको लागि आवश्यक सहयोगको व्यवस्था गरिएको छ भने वित्तिय सुधार योजना कार्यान्वयन गरी नगरपालिकाको सेवा प्रवाहलाई चुस्त दुरुस्त र पारदर्शी बनाउने, व्यवस्थित शहरी विकासका लागि जग्गा विकास कार्यक्रम लागु गरिने, नगरपालिका भित्र रहेको सार्वजनिक शौचालयलाई व्यवस्थित रुपमा संचालन गर्न सार्वजनिक नीजि साझेदारी नीति अनुरुप संचालन गरिने, नगरभित्र बढ्दै गएको फोहोर मैला व्यवस्थित गर्न तथा ढलहरुको निर्माण तथा मर्मत र संभार गर्न ठोस योजना तर्जुमा गरी सोही अनुरुप कार्यान्वय गर्दै लैजाने, जानकी मन्दिरको परिसरलाई स्वच्छ र पर्यटकीय आकर्षणको केन्द्र विन्दुको रुपमा विकास गर्न ठोस योजना तयार गरी कार्यान्वयन गर्ने लगायतका नीतिलाई उद्धेश्यको रुपमा लिइएको छ ।
नगरपालिका क्षेत्र अन्तर्गत नगरपालिकाबाट घर नक्सा स्वीकृत गराई घर निर्माण गर्दा अवैज्ञानिक तरिकाबाट पलिन्थ लेभल राख्दै आएकोमा नगरपालिका क्षेत्र भित्रका सम्पुर्ण सडकहरुमा रोड लेभल फिक्स गरी सोको रिफ्रेन्स बाट घरको पलिन्थ लेभल राख्ने नीति यस आ.व. देखि कार्यान्वयनमा ल्याउने, नगरपालिकाबाट सम्पादन गरिने कार्यको बारेमा समय समयमा नगरवासीलाई जानकारी गराई नियमित रुपमा समिक्षा गरी प्राप्त सुझावको आधारमा योजना तथा कार्यक्रमको कार्यान्वयन गरिने, नगरपालिकाको सवै वडाहरुमा नियमित रुपमा आधुनिक प्रविधिको प्रयोग गरी फोहोरमैला व्यवस्थित गर्न सार्वजनिक निजी साझेदारी कार्यक्रम अनुरुप सरसफाई तथा फोहोर मैला व्यवस्थापनको कार्य अगाडी बढाइने, दलित, जनजाति तथा पिछडिएको वर्गको उत्थानको लागि आय आर्जन,
सीपमुलक तालिम, खानेपानी तथा सरसफाई एवम सामुदायिक भवन निर्माण तथा शसक्तिकरण कार्यक्रमहरु संचालन गरिने, मानव संसाधन विकास कार्यक्रम अन्तर्गत महिला रोजगारलाई लक्षित गरी महिलाहरुको सीप विकासका लागि विभिन्न सीपमूलक तालिमको व्यवस्था गरिने, बाल मैत्री स्थानिय शासन राष्ट्रिय रणनिति २०६८ तथा बालमैत्री स्थानिय शासन कार्यान्वयन कार्य विधि २०६८ अनुरुप बालमैत्री स्थानिय शासन प्रवद्धन कार्य योजना तर्जुमा गर्ने,कुल पुंजिगत बजेटको कम्तीमा १५ प्रतिशत रकम विनियोजन सहितको लगानी योजना लागु गर्ने, बालमैत्री स्थानिय शासन अवलम्बन गर्ने पुर्व प्रतिवद्धता अनुसार नगरपालिकालाई बालमैत्री नगरपालिका घोषण गर्ने लगायतका नितिलाई विशेष प्राथमिकता दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, वरिष्ठ प्रहरी उपरिक्षक शिव लामिछाने, अवकास प्राप्त प्रमुख जिल्ला अधिकारी रामरतन मिश्र, प्रहरी उपरिक्षक उत्तमराज सुवेदी, नेपाल पत्रकार महासंघ धनुषाका सभापति रामअशिष यादव, शसस्त्र प्रहरी उपरिक्षक सुवर्ण थापा मगर, पूर्व मेयर बजरंग प्रसाद साह, उपमेयर किशोरी साह, इन्जिनियर प्रकाश चन्द्र साह लगायत विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो । सो अवसरमा वक्ताहरुले बजेटलाई सही रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । सरसफाइ तथा नगरमा अवस्थित सार्वजनिक पुस्तकालयको संरक्षणतर्पm नगरपालिकाको ध्यान नगएकोप्रति सहभागीहरुले आपत्ति जनाएको थियो ।

No comments:
Post a Comment