अब राति पनि पेट्रोल हाल्न सकिने, प्रहरीको पेट्रोल पम्प २४ घन्टा खुल्ने - मिथला दर्सन !
Headlines News :
Home » » अब राति पनि पेट्रोल हाल्न सकिने, प्रहरीको पेट्रोल पम्प २४ घन्टा खुल्ने

अब राति पनि पेट्रोल हाल्न सकिने, प्रहरीको पेट्रोल पम्प २४ घन्टा खुल्ने

Written By Unknown on Wednesday, 8 January 2014 | 19:10

रातको समयमा पेट्रोलियम पदार्थ सकिएर वा नपाएर तनावमा हुनुहुन्छ भने अब तपाईंको चिन्ता सकिएको छ । अब तपार्इंले रातको समयमा पनि उपत्यकाभित्रै सहजै पेट्रोलियम पदार्थ पाउन सक्नुहुनेछ । सर्वसाधारणको हितलाई ध्यानमा राखी नेपाल प्रहरीले २४सै घन्टा आफ्नो पेट्रोल पम्प खुला राख्न थालेको छ । प्रधान कार्यालयसँगै रहेको प्रहरी पेट्रोल पम्प बुधबारदेखि नै २४ घन्टाका लागि खुला गरिएको हो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जनतासँग प्रहरीको सुमधुर सम्बन्ध स्थापित गर्ने योजनाअनुसार पहिलो कार्यक्रमका रूपमा २४ सै घन्टा पेट्रोल पम्प खुला राख्ने नीति लिएका हुन् । सर्वसाधारणलाई बढीभन्दा बढी सेवा दिने र जनताको विश्वास जित्ने उद्देश्यका लागि बुधबारबाटै २४सै घन्टा पेट्रोल पम्प खुला गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश केसीले जानकारी दिए ।
नेपाल प्रहरीले जनताको सेवामा कुनै कसर बाँकी राख्न नहुने नीतिअनुसार महानिरीक्षक अर्यालको निर्देशनमा बुधबारबाटै २४सै घन्टा पम्प खुला गरिएको एसएसपी केसीको भनाइ छ । ‘सर्वसाधारणलाई सकेसम्म बढी सेवा र सुविधा प्रदान गर्न प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको प्रहरी कल्याण पेट्रोल पम्प बुधबारबाट २४सै घन्टा खुला गरिएको छ,’ प्रहरी प्रवक्ता केसीले राजधानीसँग भने । उनले प्रहरी प्रधान कार्यालयको यस निर्णयबाट उपत्यकाका सर्वसाधारण लाभान्वित हुने तथा पेट्रोलियम पदार्थ नपाएर कोही पनि समस्याको भागीदार बन्नुनपर्ने बताएको राजधानी दैनिकमा खबर छ ।
प्रहरीको यस निर्णयप्रति उपत्यकाका सर्वसाधारणले निकै खुसी व्यक्त गरेका छन् । अब रातमा पनि पेट्रोलियम अभाव नहुने भएको भन्दै उनीहरूले यसलाई प्रचारका रूपमा भन्दा पनि निरन्तरता दिन पनि सुझाएका छन् । ‘प्रहरीको यो निर्णय निकै राम्रो काम हो, यस्तै सेवा दिने र अपराध नियन्त्रणमा लागे प्रहरीसँग जनताको सम्बन्ध निकै सुमधुर हुन्छ,’ अनामनगरमा बस्दै आएका गोविन्द घिमिरेले भने ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger